२४ भदौ २०८३, बुधबार | September 9, 2026

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता



चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको मृत्यु भएको छ । ३४ जना बेपत्ता रहेका अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार बिहान पेङशुई काउन्टीमा पहिरोले ठूलो मात्रामा ढुंगा र माटो बगाउँदा १० भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

पहिरोमा परेका १० जनालाई उद्धार गरी अस्पताल पठाइएको छ । एक हजार १०० भन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

घटनास्थलका तस्बिर तथा भिडियोमा गगनचुम्बी भवनभन्दा ठूलो देखिने चट्टान खसेको र भग्नावशेष भिरालो क्षेत्रमा फैलिएको देखिएको छ । क्षतिग्रस्त भवनमध्ये एकको माथिल्लो भाग पूर्ण रूपमा ध्वस्त भएको तथा अर्को भवननजिकै एउटा सवारीसाधन आधा पुरिएको अवस्थामा भेटिएको जनाइएको छ ।

पेङशुई काउन्टीका योजना तथा प्राकृतिक स्रोत प्रमुख वाङ चुआनजुनका अनुसार, पहिरोमा करिब १८ हजार घनमिटर चट्टान र भग्नावशेष बगेको थियो । त्यसमा सबैभन्दा ठूलो चट्टान करिब तीन हजार घनमिटरको रहेको उनले बताए ।

सीसीटीभीका अनुसार, घटनास्थलमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म निरन्तर वर्षा भएको थियो । स्थानीय मौसम केन्द्रले १९.२ सेन्टिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो । वर्षा केही कम भएपछि उद्धार टोलीहरूले भग्नावशेष र नदी किनार क्षेत्रमा खोजीकार्य तीव्र पारेका छन् ।

उद्धारकर्ताले अस्थिर चट्टान र थप पहिरोको जोखिमबीच खोजी गरिरहेका छन् । अधिकारीहरूले चट्टान वरपरको खोजी पूरा भएपछि ठूला ढुंगा हटाउन ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेका छन् ।

यसैबीच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनर्स्थापनाका निम्ति तीन करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) राहत रकम विनियोजन गरेको छ ।

वर्षासँगै उक्त पहिरो वुजियाङ नदी क्षेत्रनजिक खसेको हो । उक्त क्षेत्र साना बस्ती र टेरेसयुक्त कार्स्ट पहाडका निम्ति परिचित छ ।

पेङशुई काउन्टी चोङकिङको दक्षिणपूर्वी भागमा अवस्थित छ । उक्त क्षेत्र हुबेई र गुइझोउ प्रान्तसँग सीमा जोडिएको छ । रासस/एपी

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ४ : १२ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु