११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको भन्दै चिनियाँ जलस्रोत मन्त्रालयले गरायो सचेत



बेइजिङ । नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ‘बाधा ताल’ बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म यस तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर पानी बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ।

आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने अपेक्षा गरिएको छ, जसले गर्दा ताल फुट्ने उच्च जोखिम देखिएको ‘चाइना सेन्ट्रल टेलिभिजन, सिसिटीभी’ले बिहीबार जनाएको छ।

समाचार अनुसार चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको छ। साथै, सम्भावित रूपमा ताल फुट्ने अवस्थाको सामना गर्न र आपतकालीन उद्धार कार्यमा सहयोग पुर्‍याउन बाढी सम्बन्धी नक्कल अभ्यास तथा विश्लेषणहरू पनि गरिरहेको छ।

चीन–नेपाल सीमाको नेपाली भू-भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ, तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरेका छन्।

कठिन भू–बनोट, निरन्तर वर्षा र थप विपद्को बढ्दो जोखिमका बाबजुद आपतकालीन उद्धारकर्मी, जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक र राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण तथा आवश्यक सामग्रीहरू विपद्ग्रस्त क्षेत्रमा पुर्‍याइरहेका छन्।

बिहीबार बिहानसम्मको विवरण अनुसार यस विपद्मा परी ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ। साथै, २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता छन्।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  २ : ५१ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल