३ श्रावण २०८३, आइतबार | July 19, 2026

जलबिरेमा दुई बस र ट्रक ठोक्किएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु



काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलबिरेमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकआपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन्। दुर्घटनापछि केही समय पूर्ण रूपमा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड भने अहिले दुवैतर्फ सञ्चालनमा आएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान ७ः१० बजे भएको हो। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौतर्फ आउँदै गरेको म.प्र.०३-००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट आइरहेको बा.प्र.०३-००१ ख १६७१ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो। प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनाग्रस्त सवारीसाधन हटाइएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुवैतर्फबाट पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३३ जना यात्रुको तत्काल उद्धार गरी एम्बुलेन्समार्फत भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि लगातारको वर्षापछि पहिरो र सडक जोखिमका कारण केही समय सवारी आवागमन प्रभावित हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको यो दुर्घटनाले यात्रुहरूलाई थप सास्ती दिएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ११ : ०२ बजे

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित

काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र

कांग्रेसमा एकताको सम्भावना कमजोर, इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नयाँ कार्यदिशा तय

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

उद्योग वाणिज्य संघ निर्वाचन : कांग्रेस निकट व्यवसायीबाट संजय थापा अध्यक्ष पदका उम्मेदवार

नेपालगन्ज । नेपालगन्जमा उद्योग वाणिज्य संघको निर्वाचन घोषणासँगै दल निकट