३ श्रावण २०८३, आइतबार | July 20, 2026

उद्योग वाणिज्य संघ निर्वाचन : कांग्रेस निकट व्यवसायीबाट संजय थापा अध्यक्ष पदका उम्मेदवार



नेपालगन्ज । नेपालगन्जमा उद्योग वाणिज्य संघको निर्वाचन घोषणासँगै दल निकट व्यवसायीहरु बीच उम्मेदवार चयन गर्ने छलफल तिब्र बनेको छ । शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघको बैठकले आगामी भाद्र १ गतेका लागि निर्वाचन गर्ने निर्णय भएसँगै दल निकट व्यवसायीहरु बीच उम्मेदवार छनौटको छलफल तिब्र बनेको हो ।

यसपटकको निर्वाचनमा मिति घोषणा भएको अर्को दिन कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समुहले संघको अध्यक्षको उम्मेदवारको नाम सार्वजनिक गरेको छ । कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तर्फबाट अध्यक्ष पदको उम्मेदवारका लागि व्यवसायी संजय थापाको नाम सार्वजनिक गरिएको छ ।

सूचना प्रबिधि सहित शिक्षा तथा बिभिन्न व्यवसायिक संस्थामा आवद्ध थापा नेपालगन्जका युवा व्यवसायीमा लोकप्रिय रहेका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको नाम भने सार्वजनिक गरेको छैन ।

उता बाम निकट व्यवसायीहरुले पनि उम्मेदवार चयनको छलफल सुरु गरेका छन् । बाम निकट व्यवसायी निकट स्रोतका अनुसार वर्तमा वरिष्ठ उपाध्यक्ष चिरन्जिवी वलीको नेतृत्वमा टिम बनाउने गरि छलफल सुरु भएको जनाइएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा लामो समयदेखि दल निकट व्यवसायीहरु बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक राजनीतिक धरातलमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने व्यवसायिक निर्वाचन बारे आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : २३ बजे

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको