५ श्रावण २०८३, मंगलबार | July 21, 2026

झिमरुक खोलामा एक पुरुषको शव फेला



प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको शव फेला परेको छ। खोलाले बगाएको अवस्थामा गौमुखी गाउँपालिका-४ वाग्लिवाङ घर भई हाल प्यूठान नगरपालिका-४ बिजुवारमा बस्दै आएका ४२ वर्षीय राजेश सुनारको शव फेला परेको हो।

प्रहरीका अनुसार मृतक सुनार हिजो बेलुकादेखि नै डेराबाट सम्पर्कविहीन थिए। खोजतलासका क्रममा बिजुवारस्थित गणतान्त्रिक खेल मैदान नजिकको खोला किनारमा उनको प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको मोटरसाइकल, चप्पल र मोबाइल फेला परेको थियो।

लगत्तै प्रहरीले सोही क्षेत्रको खोलामा खोजी गर्दा उनको शव फेला परेको हो। घटनाको कारण अझै खुल्न सकेको छैन। प्रहरीले यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ४१ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा