५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा पुँजी बजार र बीमा क्षेत्रसँग सम्बन्धित प्रमुख निकायका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन्।

यस्तै, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय र बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास, लगानीमैत्री वातावरण निर्माण तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुनेछ।

सरकारले पछिल्लो समय वित्तीय क्षेत्रको सुधार, लगानीकर्ता विश्वास अभिवृद्धि तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको अग्रसरतामा हुन लागेको यो छलफललाई अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण परामर्श बैठकका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ११ : २९ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न