४ श्रावण २०८३, सोमबार | July 20, 2026

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु सम्पर्कमा



महेन्द्रनगर ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरु आइतबारदेखि सम्पर्क बाहिर थिए ।।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका  रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका  महिलाहरु  परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उनले भने, “केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”
त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उनीहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : १० बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा