५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गरे ।

उनले नेपाल सरकारले अघि सारेको सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको अवधारणाअनुसार काम गर्न नयाँ भवन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष छब्बन खाँले नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एउटै छानामुनिबाट सबै सेवा प्राप्त गर्ने बताए ।

उनले भने, “स्थानीय तह बलियो भए मात्रै सङ्घीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ त्यसैले नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइनेछ ।”

गाउँपालिकाका अनुसार नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना उपलब्ध छ । यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, योजना सिफारिस तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

वडा नं ६ का अध्यक्ष जगदीशप्रसाद हरिजनले नयाँ प्रशासनिक भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

स्थानीय नागरिक मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले थप सहज हुने उल्लेख गरे ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवनको निर्माण हालै सम्पन्न भई सञ्चालनमा आएको हो । विसं २०७९ मा सम्पन्न हुनुपर्ने भवनको केही काम भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा थेगिम-श्रीकृष्ण-निशान जेभी कोहलपुरले उक्त भवन निर्माण गरेको थियो ।

तीन तलाको सो भवन अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा आएको जानकारी दिँदै पूर्ण रुपमा सञ्चालनमा आउन अझै दुई महिना लाग्ने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ४२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ