४ कार्तिक २०८३, बुधबार | October 21, 2026

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना



काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमार्फत घोषणा गरिएको यस योजनाअन्तर्गत अब दैनिक एक जना उपभोक्ताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, हरेक महिनामा दुई जना भाग्यशाली विजेताले १०-१० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन् ।

सरकारका अनुसार १०० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा वा होटल, रेस्टुरेन्टलगायतबाट सेवा लिँदा प्राप्त हुने सक्कली बिलको नम्बरका आधारमा विजेता छनोट गरिनेछ । अनलाइन तथा नगद दुवै माध्यमबाट गरिएको भुक्तानीमा प्राप्त सक्कली बिल यस योजनाका लागि मान्य हुनेछ ।

हालका लागि प्रत्येक महिनाको १६ गते र मसान्तमा (पाक्षिक रूपमा) विजेताको घोषणा गर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ । योजनाको सञ्चालन, विजेता छनोट तथा पुरस्कार वितरणसम्बन्धी विस्तृत प्रक्रिया निर्धारण गर्न सरकारले छुट्टै कार्यविधि पनि तयार पारेको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : २२ बजे

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्ति

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा