५ श्रावण २०८३, मंगलबार | July 21, 2026

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना



काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमार्फत घोषणा गरिएको यस योजनाअन्तर्गत अब दैनिक एक जना उपभोक्ताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, हरेक महिनामा दुई जना भाग्यशाली विजेताले १०-१० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन् ।

सरकारका अनुसार १०० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा वा होटल, रेस्टुरेन्टलगायतबाट सेवा लिँदा प्राप्त हुने सक्कली बिलको नम्बरका आधारमा विजेता छनोट गरिनेछ । अनलाइन तथा नगद दुवै माध्यमबाट गरिएको भुक्तानीमा प्राप्त सक्कली बिल यस योजनाका लागि मान्य हुनेछ ।

हालका लागि प्रत्येक महिनाको १६ गते र मसान्तमा (पाक्षिक रूपमा) विजेताको घोषणा गर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ । योजनाको सञ्चालन, विजेता छनोट तथा पुरस्कार वितरणसम्बन्धी विस्तृत प्रक्रिया निर्धारण गर्न सरकारले छुट्टै कार्यविधि पनि तयार पारेको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : २२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ