५ श्रावण २०८३, मंगलबार | July 21, 2026

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ भन्सार महसुल (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । क्यानाडाले अमेरिकी मदिरा, सवारीसाधन तथा दुग्धजन्य पदार्थमाथि ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै ट्रम्पले यो निर्णय सार्वजनिक गरेका हुन् ।

ह्वाइट हाउसका अनुसार नयाँ महसुल आगामी ३० दिनभित्र लागू हुनेछ । यो व्यवस्था भ्वाइन, हक्की स्टिक, सिमेन्टलगायतका विभिन्न क्यानाडाली वस्तुमा लागू हुनेछ । यसपटक ट्रम्पले सन् १९३० को ट्यारिफ ऐन को धारा ३३८ अन्तर्गतको कानुनी व्यवस्था प्रयोग गर्दै नयाँ निर्णय अघि बढाएका हुन् ।

यद्यपि ऊर्जा, पोटास तथा यसअघि नै विशेष महसुल लागिसकेका केही वस्तुमा भने नयाँ शुल्क लागू नहुने जनाइएको छ । तर, अमेरिका, मेक्सिको र क्यानाडाबीचको युएसएमसीए स्वतन्त्र व्यापार सम्झौताअन्तर्गतका धेरै वस्तु भने नयाँ महसुलबाट प्रभावित हुनेछन् ।

ट्रम्पको निर्णयप्रति प्रतिक्रिया दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले यो कदम युएसएमसीए सम्झौताको प्रत्यक्ष उल्लंघन भएको बताएका छन् । उनले विवाद समाधानका लागि अमेरिकासँग वार्ता गर्न क्यानाडा तयार रहेको पनि स्पष्ट पारे ।

गत वर्ष पुनः राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले विभिन्न व्यापारिक साझेदार राष्ट्रमाथि भन्सार महसुल बढाउँदै आएका छन् । यसअघि उत्तर अमेरिकी व्यापार सम्झौताअन्तर्गतका अधिकांश वस्तुलाई छुट दिइएको भए पनि पछिल्लो निर्णयले अमेरिका-क्यानाडा व्यापार सम्बन्धमा थप तनाव सिर्जना हुने संकेत देखिएको छ ।

ह्वाइट हाउसका अनुसार गत वर्ष अमेरिकाले बढाएको महसुलको प्रत्युत्तरस्वरूप ‘काउन्टर ट्यारिफ’ लागू गर्ने चीनपछि क्यानाडा दोस्रो देश हो । साथै, ट्रम्पले क्यानाडालाई अमेरिकाको ‘५१औँ राज्य’ बनाउनुपर्ने अभिव्यक्ति दिएपछि क्यानाडाका अधिकांश प्रान्तले अमेरिकी मदिराको खरिदमा बहिष्कार गर्दै आएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले क्यानाडाले आफ्ना पसलबाट अमेरिकी मदिरा हटाएको, युरोपेली दुग्धजन्य पदार्थलाई प्राथमिकता दिएको तथा अमेरिकी कम्पनीका सवारीसाधनको निर्यातमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै त्यसकै जवाफस्वरूप नयाँ महसुल निर्धारण गरिएको बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १० : ०६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान