२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुनको मूल्य फेरि उकालो



काठमाडौं । स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि हुँदै २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको हो।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। त्यस दिन पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो। लगातारको मूल्यवृद्धिले सुन पुनः नयाँ उचाइतर्फ अघि बढिरहेको देखिएको छ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार ८५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यही परिमाणको सुन २ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३७० रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढाव र विनिमयदरको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्। लगातारको मूल्यवृद्धिले सुन खरिद गर्ने उपभोक्तामा थप आर्थिक भार परेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ११ : २६ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ