१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले आज तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सो कुरा बताएका हुन्।

उनले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव ऐकबद्धता हुने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न निर्देशन दिए।

तयारी पोसाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चापदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन् ।

उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिएका छन् ।

उनले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए ।

छलफलमा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : ५६ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा