३० भदौ २०८३, मंगलबार | September 16, 2026

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे



चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको ४४औँ बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा राखेका हुन् ।

यहाँ आयोजित वृक्षरोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे । संस्थापन इतर समुहका नेताहरुले छुट्टै भेलाको आयोजना गर्ने तयारी गरिरहेका बेला नेता आङ्देम्बेले इतर नेताहरुलाई लक्षित गर्दै नेताहरु पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो । भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १ : ०४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज