काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने’ जनाएका छन ।
अभिनेता हमालले देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अनुसार चलेको उल्लेख गर्दै अभिनेता हमालले अन्दाज र परीक्षणको भरमा देश सञ्चालन भइरहेको पनि दावी गरेका छन ।
‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो रु’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन, ‘कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।’
उनले अगाडी लेखेका छन, ‘भविष्य प्रतिको स्पष्ट दृष्टिकोण बिना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ।’



















प्रतिक्रिया