८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन



काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन् । केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारको माग गर्दै अनशन बसेका वाङचुकले विभिन्न सर्तमा सरकारसँग भएको छलफलपछि अनशन तोडेको घोषणा गरेका हुन् ।

५९ वर्षीय वाङचुकले बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत आफूले देशमा सम्भावित हिंसाको अवस्था सिर्जना हुन नदिन तथा सरकारसँग भएका सहमतिलाई सम्मान गर्दै अनशन अन्त्य गरेको जानकारी दिएका छन् । उनले अनशन तोड्नका आधार बनेका सर्तहरूबारे छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने बताएका छन् ।

उनको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा कानुनी व्यवस्था ल्याउने प्रतिबद्धता जनाएलगत्तै आएको हो । मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिविरुद्ध द्रुत सुनुवाइ अदालतमार्फत कारबाही गरिने र यस विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताएका छन् ।

भिडियो सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम नलिए पनि प्रश्नपत्र चुहावटको घटनाले लाखौँ विद्यार्थीलाई गम्भीर असर पुर्‍याएको स्वीकार गरेका छन् ।

मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए । त्यसपछि शिक्षामन्त्रीको राजीनामा र परीक्षा प्रणालीमा सुधारको माग गर्दै आन्दोलन सुरु भएको थियो । वाङचुकले युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ (सीजेपी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गत जुन २८ देखि आमरण अनशन थालेका थिए ।

आन्दोलन अझै जारी रहेकाले हजारौँ सीजेपी समर्थकहरूले नयाँ दिल्लीको जन्तर-मन्तरसहित भारतका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन् । यो आन्दोलन प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालयताकै सबैभन्दा ठूलो जनदबाबका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : १८ बजे

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ