काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएकोछ ।
अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गराएका हुन । स्वकिय सचिव राख्ने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार र दायित्व थपिने भन्दै सो निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधिसभा लगायतलाई विपक्षी बनाएका छन् ।
सर्वोच्चले दुवै निवेदनहरू माथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्ने जनाएको छ ।


















प्रतिक्रिया