१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र



काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले राहदानी प्रणाली परिवर्तनपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० राहदानी छापिसकेको छ । हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालनमा रहेको छ । त्यस्तै आठ वटा नेपाली नियोगमा कुनै पनि समय अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रवक्ता पौडेलले प्रणाली स्थिरीकरणको चरणमा केही प्राविधिक समस्या देखिनु अपेक्षित रहेको उल्लेख गर्दै सम्बन्धित प्राविधिक टोलीले ती समस्याको समाधान गरिरहेको बताए ।

मन्त्रालयकाअनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा शीघ्र पुर्‍याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । साथै, नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : २६ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम