९ श्रावण २०८३, शनिबार | July 25, 2026

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु



कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।

रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उनका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उक्त पहिरोबाट जगनाथ र उनकी श्रीमती सिर्जना बडुवाललाई सामान्य चोट लागेको छ । लामाको घर पूर्णरूपले क्षति भएको र अन्य आठ घर पहिरोको जोखिममा रहेका जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताए।

घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । पुलु पुग्न मुगु सदरमुकामबाट सात घण्टा पैदल हिँड्नुपर्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ०२ बजे

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति