काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा हालै चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा प्रमुख एजेन्डाका रूपमा रहनेछ। साथै महाधिवेशनपछि आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जनबारे समेत विस्तृत छलफल गरिनेछ।
बैठकमा साङ्गठनिक व्यवस्थापन, विभिन्न तहमा आवश्यक मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनका योजना र समसामयिक विविध विषयमा पनि निर्णय तथा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।
रास्वपाले महाधिवेशनपछिको संगठनलाई थप व्यवस्थित, प्रभावकारी र अभियानमुखी बनाउने उद्देश्यसहित केन्द्रीय समिति बैठक आह्वान गरेको जनाएको छ।


















प्रतिक्रिया