१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय



काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग समन्वयको पहल गरेको छ ।

मन्त्री सीता बादीको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक सहजीकरण, कानुनी सुधार र स्थानीय तहसम्म सेवा प्रवाह प्रभावकारी बनाउन औपचारिक पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्तरमन्त्रालय समन्वयबाट पीडितमैत्री, प्रभावकारी र विभेदरहित सेवा तथा न्याय सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ ।

महिला मन्त्रालयले गृह मन्त्रालयसँग लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको छिटो, प्रभावकारी र विभेदरहित सम्बोधन सुनिश्चित गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबीच समन्वय गर्न आग्रह गरेको छ ।

त्यस्तै, लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणका विषय एउटै निकायको प्रयासबाट मात्र समाधान हुन नसक्ने भएकाले अन्तरमन्त्रालय समन्वय, साझा जिम्मेवारी र एकीकृत कार्यसम्पादनमार्फत पीडितले समयमै न्याय र सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु यस पहलको मुख्य उद्देश्य रहेको बताइएको छ ।

मन्त्रालयमा प्राप्त अधिकांश उजुरी तथा गुनासो लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत र सामाजिक बहिष्करणसँग सम्बन्धित हुने भएकाले त्यसको प्रभावकारी सम्बोधन, विभेदरहित सेवा प्रवाह, कानुनी तथा नीतिगत सुधार र आवश्यक समन्वयलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ७ : ४८ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी