काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल गर्ने भएका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा बस्नेछ ।
बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएका करिब तीन दर्जन उद्योगपतिसँग बजेट कार्यान्वयन, उद्योग क्षेत्रका समस्या तथा सुधारका उपायबारे छलफल हुने कार्यसूची रहेको छ ।
छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीको सहभागिता रहनेछ ।



















प्रतिक्रिया