२७ भदौ २०८३, शनिबार | September 12, 2026

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते



गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा पुरिएर बुबा र छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब २ः३० बजे चितिखोलाबाट भाटबेशी ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा-माटोले बनेको दुईतले कच्ची धन्सारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरोमा परी ५१ वर्षीय टिकाबहादुर विक र उनकी १५ वर्षीया कान्छी छोरी बिनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया विक र १६ वर्षीया जेठी छोरी अस्मिता विक घाइते भएका छन् । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ०१ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल