१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्।

छलफलमा आगामी साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचारविमर्श भएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मर्यादा, मूल्य-मान्यता कायम गर्दै सदनलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको बताए । उनले सत्तारुढ, प्रमुख प्रतिपक्ष तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकाङ्क्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड दिए ।

सरकारले पर्याप्त ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएकाले दसैँअघिसम्म सदन सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उनले बताए। शून्य तथा विशेष समयमा उठाइने विषयलाई सदनको गरिमा र मर्यादा बनाउने विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सदनलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न प्रत्येक दलको भूमिकाबारे छलफल भएको जानकारी दिए । उनले सरकारले संसदमा विधेयक ल्याउने विषयमा पटक-पटक प्रतिबद्धता जनाए पनि हालसम्म विधेयक दर्ता नभएको उल्लेख गर्दै सरकारलाई विधेयक ल्याउन आह्वान गर्ने काम सत्तापक्षीय दलबाट हुनुपर्ने धारणा आफूहरूले राखेको बताए ।

रास्वपाका अर्का सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि साउन १४ गतेदेखि सदन सञ्चालन हुने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिइन । सरकारले सांसदहरू व्यस्त हुने गरी पर्याप्त विधेयकसहितको ‘बिजनेस’ दिने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिका विषयमा सहमतिमा पुग्ने प्रयास भइरहेको जानकारी दिँदै सचेतक धितालले तीन-चार दिनभित्रै सहमतिमा पुगेर सदनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने विश्वास व्यक्त समेत गरिन। छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सरकार सबैको हो भन्ने विश्वासको वातावरण निर्माण गर्ने काम भइरहेको उनले बताइन।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ०० बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से