२७ भदौ २०८३, शनिबार | September 12, 2026

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा



काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले छुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएकी हुन् ।

गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। अदालतको आदेशअनुसार उनले एक करोड रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका छन् ।

यसै मुद्दामा यसअघि अदालतले अन्य दुई प्रतिवादी दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो।

अदालतले बिमासम्बन्धी कसुरमा शुलभ अग्रवालसँग दुई करोड रुपैयाँ तथा दीपक भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो। त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ र भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ८ : २७ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई