१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

सुनसरी घटनामा संवाद र सहमतिमार्फत समाधान खोज्न आग्रह



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै समस्याको दीर्घकालीन समाधान सम्भव हुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा बिहीबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद् र संविधान निर्माणजस्ता जटिल राष्ट्रिय परिस्थितिमा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए।

प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्नसमेत उठाए। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गरे।

उनले वर्तमान परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने धारणा राखे। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।

प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट गर्दै संवाद र राजनीतिक सहमतिमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने बताए। आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिइसकेको उनले जानकारी दिए।

घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्नेमा उनले जोड दिए।

प्रचण्डले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरे। उनले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षलाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्न पनि आग्रह गरे।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : २५ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०