१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले



काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

श्रेष्ठलाई श्रद्धान्जली दिन कांग्रेस र अन्य दलका शीर्ष नेताहरु, कांग्रेसका नेता कार्यकर्ताहरु सानेपामा भेला भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सिंहदरबारमा देवानगञ्ज घटनाबारे आयोजित सर्वदलीय बैठक सकिएलगत्तै नेताहरु कांग्रेस केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरुले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कांग्रेस सभापति थापाले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार ८३ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरस्थित हेलिअस अस्पतालमा निधन भएको थियो।

कांग्रेसले गत साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको घोषणा गरेको थियो। उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि आजै अन्त्येष्टि गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ४२ बजे

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल