२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ः३० बजे बस्नेगरी शाहले बैठक बोलाएका हुन्। सुरक्षा परिषद्को बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो समय देशमा विकसित सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा आवश्यक सुरक्षा रणनीतिबारे छलफल हुनेछ ।

विशेषगरी सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीसहित केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गतिविधि देखिएको पृष्ठभूमिमा सरकारले सुरक्षा अवस्थाबारे उच्चस्तरीय समीक्षा गर्न लागेको जनाइएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सरकारले पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने विषयमा परिषद्को बैठकबाट आवश्यक रणनीतिक निर्णय र निर्देशन दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ०७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री