१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

टरिगाउँ विमानस्थलको निर्माण पूरा गर्न २५ करोड बजेट, दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा



दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना अन्ततः ढिलै भए पनि पूरा हुने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारले तुलसीपुरको टरिगाउँ विमानस्थलको निर्माण पूरा गर्न रु २५ करोड बजेट विनियोजन गरेपछि दङ्गालीको सपना पूरा हुने विश्वास गरिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालको पुरानो विमानस्थल हो । विमानस्थल विसं २०११ मा स्थापना भएको हो । अहिले नियमित उडान हुन सकेको छैन ।

विमानस्थलको लम्बाइ करिब ७५० मिटर छ । धावनमार्ग सानो भएका कारण अहिले ठूला विमान अवतरण हुन सक्दैनन् ।

तुलसीपुर उद्योग वाणिज्य सङघका पूर्वअध्यक्ष विनिल केसीले लामो समयदेखि प्राविधिक र बजेटका समस्याले विमानस्थल निर्माण पूरा हुन नसकेको बताए ।

उनले भने, “टरिगाउँ एयरपोर्ट केवल एउटा पूर्वाधार मात्र रहेन, यो स्थानीय राजनीतिको परीक्षाको केन्द्रसमेत बनेको छ । ”

सांसद कमल सुवेदीले टरिगाउँ विमानस्थल निर्माण पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : ०१ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

प्रदर्शन उग्र बनेपछि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा