४ आश्विन २०८३, आइतबार | September 20, 2026

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु लागू गरिएको हो ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा जनकपुरधामका विभिन्न स्थानमा बिहीबार बिहानदेखि प्रदर्शन हुँदै आएको थियो । प्रदर्शन चर्किँदै गएपछि शान्ति-सुरक्षा कायम राख्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

कर्फ्यु अवधिभर सम्बन्धित क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ तथा आवतजावत गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति र सार्वजनिक सुरक्षा कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशनसमेत दिएको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ३ : १६ बजे

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत