४ आश्विन २०८३, आइतबार | September 20, 2026

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो



विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगञ्ज-३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । चिकित्सकले दिउँसो १ः२४ बजे उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्थामा सुधार आउन नसकेपछि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव न्युरो अस्पतालमै राखिएको छ ।

यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उपचारका लागि न्युरो अस्पताल पुर्‍याइएलगत्तै राति १०ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ओमप्रकाशको शव पनि हालसम्म अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ३ : १७ बजे

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत