४ आश्विन २०८३, आइतबार | September 20, 2026

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने



काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय र पीडित पक्षबीच सातबुँदे सहमति भएको छ । सहमतिअनुसार मदरसाको कानुनी हैसियतसहित सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गरिने भएको छ ।

बिहीबार गृहमन्त्री र साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारबीच भएको सहमतिमा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने उल्लेख गरिएको छ ।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ ।

यस्तै, मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिस तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ ।

सहमतिमा मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने तथा शुक्रबार दिउँसो दुवै मृतकको अन्त्येष्टि गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ४१ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार