काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज अपराह्न २ बजे बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची छ ।
उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समितिको बैठकमा आमन्त्रण गरिएको छ ।

















प्रतिक्रिया