५ आश्विन २०८३, सोमबार | September 21, 2026

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने



काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछिन् ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ७ : ४४ बजे

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न

धम्बोझीदेखि नन्दनी मिलसम्म सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान

नेपालगन्ज । नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक

उपराष्ट्रपति र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ