२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन ।

राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता पन्तले गृहमन्त्री सुधन गुरुङसँग मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे स्पष्ट जानकारी माग गरेकी हुन । उनले अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा जोखिमयुक्त समुदायको उद्धार र पुनःस्थापनाको योजनाबारे पनि जानकारी माग गरिन ।

सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८३’ अनुसार यस वर्ष करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ नागरिक प्रभावित हुनसक्ने अनुमान रहेको उल्लेख गरिन । पूर्वसूचनाको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण तथा उद्धार जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवासको पूर्वतयारी सुदृढ बनाउनुपर्नेमा उनले जोड दिईन । उनले २०८१ सालको बाढीपहिरोबाट सिक्दै पूर्वसूचनापछि अवलम्बन गरिने स्पष्ट कार्यप्रणाली, सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा एकीकृत कमाण्ड प्रणाली आवश्यकता औँल्याईन ।

सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको अवस्थाप्रति पनि चासो व्यक्त गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको कार्यान्वयन, जोखिमयुक्त क्षेत्रको तयारी, उद्धार सामग्री, राहत कोष, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन ।

उक्त प्रस्तावमाथि समर्थन जनाउँदै सांसदहरु मदनकुमारी शाह (गरिमा), सोमनाथ पोर्तेल र पदमबहादुर परियारहरुले सरकारको ध्यानार्कषण गराए ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ३ : ३८ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु