१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द



जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा रेल खण्डमा सञ्चालन हुँदै आएको नेपाली रेल सेवा स्थगित गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले शुक्रबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेशलाई ध्यानमा राख्दै यात्रुको सुरक्षाका लागि रेल सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ ।

कम्पनीका निमित्त महाप्रबन्धक अजयकुमार सिंहद्वारा जारी सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशअनुसार जयनगर-जनकपुर-भंगहा रेल खण्डमा सञ्चालन हुने सम्पूर्ण रेल सेवा स्थगित गरिएको उल्लेख छ ।

कम्पनीले कर्फ्यु आदेश कायम रहेसम्म रेल सञ्चालन नहुने जनाउँदै यात्रुहरूलाई आवश्यक जानकारी लिएर मात्र यात्रा योजना बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ३१ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान