३० भदौ २०८३, मंगलबार | September 15, 2026

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल



काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष पूरा हुन लागेका अवसरमा युएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपाली समाजलगायत विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गरेको छ ।

कार्यक्रममा महावाणिज्यदूतावासको सेवा प्रवाह, राहदानी तथा कन्सुलर सेवा, श्रमिकको हित संरक्षण, आपत्कालीन सहायता तथा नेपाली समुदायसँग सम्बन्धित विविध विषयमा सुझाव आदानप्रदान भएको महावाणिज्यदूतावासले जनाएको छ ।

छलफलमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र समुदायमैत्री बनाउन सुझाव दिएका थिए ।

त्यस अवसरमा महावाणिज्यदूत हरिप्रसाद ओडारीले प्राप्त सुझाव आफ्ना निम्ति मार्गदर्शक हुने बताउँदै सबै सहभागीप्रति आभार व्यक्त गरे। साथै, उनले नेपाली समुदायसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका विशेषगरी दुबई तथा उत्तरी इमिरेट्समा बसोबास गर्ने नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले दुबईमा महावाणिज्यदूतावास स्थापना गरेको हो ।

महावाणिज्यदूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र जारी, कागजात प्रमाणीकरण, श्रमसम्बन्धी सेवा तथा आपत्कालीन कन्सुलर सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : १० बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको