७ आश्विन २०८३, बुधबार | September 23, 2026

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ



बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा सामाजिक एकता बलियो बनाउने उद्देश्यका साथ बुटवलमा फुटसल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा चौथौ संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिता हुने भएको हो ।

बुटवल–सुख्खानगरस्थित एड्रिक फुटसलमा साउन २९, ३० र ३१ गते हुने प्रतियोगिताको तयारी तिब्र भैरहेको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि अध्यक्ष तेजु राना मगरले बताए । फुटसल खेलको विकाससँगै युवाहरूलाई खेलकुदमा सक्रिय सहभागिता गराउने, स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्यसहित खेलकुद गतिविधि संचालन गर्दै आएको उनले बताए ।

पहिलो संस्करणमा ५० हजार रुपैया पुरस्कार राशीसहित शुरु गरेको प्रतियोगिताको राशी वृद्धि भई रु. १ लाख २५ हजार रुपैया बनाईएको उनले बताए । यसैगरि उपविजेता टिमलाई नगद रु. ६० हजार रुपैयाबाट पुरस्कृत गरिने संयोजक सरोज दर्लामीले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी खेलाडीलाई नगद १० हजार, कप तथा उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई नगद ५-५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

टिम दर्ताका लागि २७ गतेसम्म समय रहेको छ । कुल २२ टिम बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संचालन गर्न करिब १० लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाले युवाहरुलाई एकजुट गरि सामाजिक क्षेत्रमा गाईज निरन्तर लागेको बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार हसन्त लामा, दिनेश थापाले सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ८ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई