२६ आश्विन २०८३, सोमबार | October 12, 2026

भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालले पायो विकास समितिको अध्यक्ष



नेपालगन्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेमा रहेका दुई संघीय अस्पतालमा विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालयले आह्वान गरेको सार्वजनिक सूचनाका आधारमा अन्तवार्ताको माध्यमबाट दुई अस्पतालमा विकासु समितिको अध्यक्ष नियुक्त गरेको हो ।

सरकारले नेपालगन्ज स्थित भेरी अस्पतालमा डा. लक्ष्मण सिग्देल र खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भीमकान्त लामिछिानेलाई अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष द्वयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नियुक्ति पत्र हस्तान्तरण गर्दै अध्यक्ष पदको शपथ गराएकी छन् ।

भेरी अस्पताल नेपाल कै जेठो मध्यको अस्पतालमा पर्दछ भने खजुरा क्यान्सर अस्पताल धार्मीक अनुष्ठानबाट नागरिकहरुले निर्माण गरि सरकारलाई हस्तान्तरण गरेको नेपाल कै पहिलो अस्पताल हो । क्यान्सर अस्पताल समितिको सदस्यमा डा. मधु न्यौपाने र डा.सञ्जय पाण्डे नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

अस्पताल विकास समितिको समयावधि समाप्त भएर रिक्त भएको समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : २९ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई