नेपालगन्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेमा रहेका दुई संघीय अस्पतालमा विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालयले आह्वान गरेको सार्वजनिक सूचनाका आधारमा अन्तवार्ताको माध्यमबाट दुई अस्पतालमा विकासु समितिको अध्यक्ष नियुक्त गरेको हो ।
सरकारले नेपालगन्ज स्थित भेरी अस्पतालमा डा. लक्ष्मण सिग्देल र खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भीमकान्त लामिछिानेलाई अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नव नियुक्त अस्पताल विकास समितिका अध्यक्ष द्वयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नियुक्ति पत्र हस्तान्तरण गर्दै अध्यक्ष पदको शपथ गराएकी छन् ।
भेरी अस्पताल नेपाल कै जेठो मध्यको अस्पतालमा पर्दछ भने खजुरा क्यान्सर अस्पताल धार्मीक अनुष्ठानबाट नागरिकहरुले निर्माण गरि सरकारलाई हस्तान्तरण गरेको नेपाल कै पहिलो अस्पताल हो । क्यान्सर अस्पताल समितिको सदस्यमा डा. मधु न्यौपाने र डा.सञ्जय पाण्डे नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अस्पताल विकास समितिको समयावधि समाप्त भएर रिक्त भएको समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त रहेको थियो ।
















प्रतिक्रिया