१८ श्रावण २०८३, सोमबार | August 3, 2026

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ



काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार भट्टराईलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर राणाका अनुसार उनीविरुद्ध राहदानी ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

सीआईबीका अनुसार भट्टराईले २०६८ सालमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति उपलब्ध गराई आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका भट्टराईलाई सोमबार नै अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान अघि बढाइने तयारी गरिएको एसएसपी राणाले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ३९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं