२० श्रावण २०८३, बुधबार | August 5, 2026

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक-दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-eभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ७ : ३७ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल