४ आश्विन २०८३, आइतबार | September 20, 2026

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता



काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १०ः०० देखि साउन १९ गते बिहान १०ः०० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमणलगायत घटना भएका हुन् ।

बाढीमा परी दुई जनाको मृत्यु भएको तथा एक जना बेपत्ता भएका हुन् । बाढीमा परी अन्य तीन जना घाइते भएका छन् भने सर्पदंशबाट ११, आगलागीबाट दुई, पहिरोबाट एक तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् । घटनाबाट १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन भएका थिए ।

यसैबीच, प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशका विभिन्न भागमा भएका चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता तथा एक हजार २४६ जना घाइते भएका छन् । यस अवधिमा पाँच हजार २७० परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी एक हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : १३ बजे

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको