६ आश्विन २०८३, मंगलबार | September 22, 2026

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन



गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ ।

महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने आठ वटै वडाका वडाध्यक्षहरूको बैठक बसी खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरणसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिइएको जनाएको छ । पोखरा–१८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन् ।

खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना अझै यथावत छन् । केही घरधनी र संस्थाहरूले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन महानगरले सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

घरधनी र संस्थाहरूको आग्रह र मौखिक प्रतिबद्धताअनुसार संरचना हटाउन केही समय दिइए पनि खोलाघरभित्रका अनधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ । समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ । वर्षायामका कारण डोजरलगायत ठूला उपकरण परिचालन गर्न व्यावहारिक कठिनाइ भइरहेकाले तत्काल संरचना हटाउन केही असहजता रहेको महानगरले जनाएको छ ।

फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ । फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदलमार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्ने महानगरको योजना छ । महानगरको भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (दोस्रो संशोधन २०८२) बमोजिम मापदण्ड कार्यान्वयन गर्दै अगामी असोज १ गतेदेखि करिडोर निर्माणको प्रक्रिया सुरू गरिने जनाइएको छ ।

बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापर्वाहीले फिर्केखोलाको प्राकृतिकस्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएकामा संरक्षणकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : १७ बजे

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक