काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछन् । अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिले आ-आफ्ना विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञसँग छलफल गरिनेछ ।
बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गरिने कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा विद्युत्का पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइबारे छलफल हुने कार्यक्रम रहेको छ ।


















प्रतिक्रिया