२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायको पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि भइरहेको संघर्षलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्।

विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष अघि बढाउनुपर्ने बताएका हुन्।

उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने उल्लेख गरेका छन्। सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्रै समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने उनको भनाइ छ।

प्रचण्डले विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको अधिकार, समानता र न्यायको संघर्षलाई थप अघि बढाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ११ : १२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य