२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका नेताहरू तथा कार्यकर्तासहित कृष्णप्रसाद भट्टराई आश्रम, बाँडेगाउँ पुगेका छन्।

आश्रम पुगेपछि खड्काले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू किसुनजीको आश्रममा आएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा।’

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको आश्रमको अवस्थाबारे अवलोकन गर्न खड्का यसअघि भदौ २८ गते पनि बाँडेगाउँ पुगेका थिए। त्यसपछि उनी दोस्रोपटक आश्रम पुगेका हुन्।

खड्काको बाँडेगाउँ भ्रमण र उनको प्रतिक्रिया सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको हो।

खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, ऐनबहादुर शाही, कान्तिका सेजुवाल, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल तथा कर्णाली प्रदेश सभापति ललितजंग शाही लगायत नेताहरू पनि आश्रम पुगेका थिए।

कांग्रेसका संस्थापक नेता तथा पूर्वसभापति कृष्णप्रसाद भट्टराईको स्मृतिसँग जोडिएको बाँडेगाउँस्थित आश्रम पछिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ११ : ३९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य