१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने



काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उनले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिए। सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको २०७२ को भूकम्पका बेलाको अनुभव सुनाउँदै उहाँले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

गतवर्ष भदौ २३ र २४ गतेको काबु बाहिरको परिस्थितिका बेला राजस्व र कोष तथा लेखा नियन्त्रण कार्यालयअन्तर्गतका प्रणाली भने सुरक्षित रहेको जानकारी पनि मन्त्री वाग्लेले गराए ।

गतवर्ष जेनजी प्रदर्शनको क्रममा भएको विध्वंशका कारण सरकारी कार्यालय जल्दा करिब डेढ खर्बको सरकारी स्रेस्ता जलेका कारण महालेखापरीक्षकको कार्यालयले ती कार्यालयको लेखापरीक्षण गरेको थिएन । समितिको आजको बैठकमा त्यही विषयमा भएको छलफलमा मन्त्री वाग्लेले काबु बाहिरको परिस्थिति भएकाले त्यो दुर्घटनाको विषय भएकाले त्यही कानुनी व्यवस्थाअनुसार यसको निरूपण गरिनुपर्ने बताए ।

समितिले स्थलगत अध्ययन गरेर ती कार्यालयले अनियमितता गरेको विषय बाहिर ल्याउन सक्ने उनले बताए । समितिको मार्गनिर्देशनअनुसार सरकारले काम गर्ने मन्त्री वाग्लेको प्रतिबद्धता छ । “यदि समितिलाई काबु बाहिरको परिस्थिति होइन भन्ने लाग्छ भने ऐन संशोधन गरौँ, समस्याको प्रकृतिका बारेमा सरकार र प्रतिपक्षका बीच कुनै फरक मत छैन”, उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ४ : २६ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार