२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो



सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित थापाथली प्रसूति गृह लगिएको हो । बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लुमा भर्ना भएकी थिइन । उनले बुधबार बिहान ७ः०० बजे बच्चा जन्माउनु भए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाइएको हो ।

“प्रसूति जटिलता देखिएपछि जिल्ला अस्पताल फाप्लुबाट थप उपचारका लागि आमा र शिशु दुवैलाई काठमाडौँ रिफर गरिएको थियो । तत्काल उद्धार आवश्यक देखिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी उहाँलाई थापाथली प्रसूति गृह पठाइएको हो,” प्रमुख जिल्ला अधिकारी थापामगरले भने ।

त्यसैगरी यही साउन २६ गते राति आत्महत्याको प्रयास गरेका २९ वर्षीय एक पुरुषलाई समेत जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उनलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको प्रमुख जिल्ला अधिकारी थापामगरले जानकारी दिए ।

“दुवै जनालाई समयमै उपचार सम्भव हुने स्वास्थ्य संस्थामा पुर्‍याउन सकियो । दुर्गम जिल्लामा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकको उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी हवाई उद्धारको व्यवस्था मिलाइएको हो,” उनले भने ।

सोलु सामुदायिक अस्पताल फाप्लुका प्रमुख डा राजेन्द्र बस्नेतका अनुसार दुर्गम हिमाली जिल्लामा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन हवाई उद्धार प्रभावकारी माध्यम बनेको छ । “सोलुखुम्बुबाट गम्भीर बिरामीलाई काठमाडौँलगायत सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याउन समय लाग्छ । त्यसैले आकस्मिक अवस्थामा समयमै उपचारको पहुँचमा पुर्‍याउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै आएको छ,” उनले भने ।

सेनाको सहयोग र सम्बन्धित स्वास्थ्य संस्थासँगको समन्वयमा तत्काल उद्धारको व्यवस्था मिलाइएको प्रजिअ थापामगरले बताए। हवाई उद्धारका कारण दुवै नागरिकले समयमै उपचार सेवा पाउन सकेको र यसले उनीहरूको जीवन जोगाउन महत्त्वपूर्ण सहयोग पुगेको प्रशासनले जनाएको छ । दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सरकारी निकायबीचको प्रभावकारी समन्वय आवश्यक रहेको प्रजिअ थापामगरले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ०४ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी