२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पाँच महिनापछि स्वदेश फर्किंदै देउवा



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाइपछि आज बुधबार नेपाल फर्किन लागेका छन् । उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।

देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए । पछिल्लो समय हङकङमा रहेर स्वास्थ्य उपचार तथा फलोअप गराइरहेका देउवा यसअघि हङकङबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै नेपाल फर्किने तयारीमा थिए । तर, पछिल्लो समय उनको यात्रा कार्यक्रम परिवर्तन भएको हो ।

देउवा आज हङकङबाट नेपालका लागि प्रस्थान गरेको उनका निकट नेताहरूले बताएका छन् । लामो समयदेखि विदेशमा रहेका देउवाको स्वदेश फर्काइलाई नेपाली कांग्रेसभित्र पनि चासोका साथ हेरिएको छ । कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् ।

यसअघि जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । सो क्रममा देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो । त्यसपछि केही समय नेपालमै उपचार गराएपछि देउवा र उनकी पत्नी आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ६ : ५५ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार