काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार काठमाडौंका विभिन्न स्थानबाट विभिन्न ब्रान्डका खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ ।
निगमका अनुसार खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गरी टेकु, चाबहिल, कीर्तिपुर, वसुन्धरा र बबरमहलबाट ग्यास बिक्री गरिनेछ ।
टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास बिक्री गरिनेछ । यस्तै, यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल, एचपी र राधास्वामी ग्यास वितरण गरिने निगमले जनाएको छ ।
कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास बिक्री हुनेछ । राधास्वामी, वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास तथा पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिनेछ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा ग्यास बिक्रीवितरण गरिरहेको निगमको भनाइ छ ।


















प्रतिक्रिया