१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

उच्च अदालत पाटन बारमा मतदान जारी



काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ । उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ । अहिलेसम्म ३०० कानुन व्यवसायीले मतदान गरिसकेका छन । उक्त बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । बृहत् प्रगतिशील तथा पेसागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्रेलले नेतृत्व गर्दै हुनुहुन्छ ।

नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि मतदान भइरहेका छ । आज बिहान ८ः०० बजेदेखि सुरू भएको मतदान ५ः०० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १२ : ५९ बजे

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित वडा

‘कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब

१३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजारमा गिरावट

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको